भक्तपुरमा टिपर जलाइयो, आगो निभाउन पुगेको दमकल समेत तोडफोड

७ बर्ष अगाडि

भक्तपुर । भक्तपुरको सूर्यविनायक स्थित पाण्डुबजार चोकमा बनेपाबाट आएको ट्रिपरले सोही दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । 
बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई पाण्डुबजारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रेका रामकृष्ण श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  
ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले ट्रिपर तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन् । 
आगो निभाउन गएको जुद्ध वारुण यन्त्र भक्तपुरमा दमकललाई समेत आक्रोशित भिड्ले आक्रमण गरको छ । 
जसबाट आगो निभाउन भएका दमकल चालक र अन्य कर्मचारी समेत घाइते भएका छन् ।  अहिले स्थितीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिएका छन् । 
ठक्कर दिने ट्रिपरका चालक प्रहरीको सम्पर्कमा आएको र अन्य जानकारी केही आउन पोखरेलले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया