काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मिथिला लघुवित्त वित्तिय संस्थाले रु. १ करोड ५७ लाख ६३ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ४६ लाख २ हजार खुद नाफा कमाएको थियो ।
कम्पनीले समिक्षा अवधीसम्म रु. ४१ करोड १६ लाख ६३ हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने कम्पनीले १ अर्ब ४५ करोड ५८ लाख प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ५ करोड १६ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. २ करोड ५६ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १२ करोड १७ लाख रहेको छ । कम्पनीले जगेडामा भने रु. ८ करोड ४५ लाख जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी ५१.७९, मुल्य आम्दानी अनुपात १४.३३, प्रतिशेयर नेटवर्थ १६९.४७, तरलता अनुपात ७.८७ प्रतिशत र प्रति शेयर कुल सम्पत्तिको मुल्य १३१५ रहेको छ ।
प्रतिक्रिया