काठमाडौं – हालै ६३ करोड रुपैयाँको आईपीओ बिक्री निष्काशन गरेर शेयर बजार प्रवेश गरेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड ७३ हजार खुद नाफा कमाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो गत आवको सोही अवधी नाफा भन्दा ९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा कम्पनीले १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बीमांकीय मुल्यांकन पनि कम्पनीको नाफा थप बढ्ने छ ।
यस्तै, कम्पनीले ३ महिनामा रु. ४८ करोड २८ लाख २८ हजार कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको साही अवधीमा कम्पनीले रु. २५ करोड ४१ लाख कुल बीमाशुल्क संकलन गरेको थियो । त्यो अनुसार कम्पनीको बीमाशुल्क संकलन पनि बढेको देखिन्छ । कम्पनीले पहिलो त्रैमासमा ४ हजार १३८ जनालाई बीमाको दायरामा ल्याएको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १७ करोड ३० लाख भन्दा बढी जम्मा गरेको छ । यस्तै, बीमा कोषमा भने रु. १ अर्ब ३९ करोड ५६ लाख रहेको छ ।
कम्पनीले दिर्घकालिन रुपमा रु. १ अर्ब ७५ करोड लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा रु. १ अर्ब ४४ करोड लगानी गरेको वित्तिय विवरणमा उल्लेख छ ।
वित्तिय विवरण अनुसार अहिले कम्पनीको प्रतिशेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात १०४.७५, प्रति शेयर नेटवर्थ १०९.१५ र प्रति शेयर कुल सम्पत्तिको मुल्य १७५.६१ रहेको छ ।
प्रतिक्रिया