स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा मैनाली, आज हुने साधारणसभाबाट घोषणा हुदैं

५ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन भएका छन् । बिहीबार उनलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरिएको हो । शुक्रबार (आज) उनलाई भर्चुअल माध्यमबाट नै औपचारिक रुपमा अध्यक्ष पदमा चयन गर्ने घोषणा कार्यक्रम रहेको छ । 
उनलाई २ बर्षे कार्यकालको लागि नेतृत्वमा चयन गरिएको हो । यस्तै, उपाध्यक्षमा उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रमण पन्त र कोषाध्यक्षमा भक्तिराम पौडेल हुने सहमति गरिएको छ । सदस्यमा  रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल रहेका बताइएको छ । 
एसोसिएसनको आज दिउँसो १ बजे भर्चुअल रुपमा साधारण सभा हुदैछ । सोही साधारण सभाबाट नयाँ कार्य समितिलाई औपचारिकता दिइने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया