एभरेष्ट बैंकले लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने

५ बर्ष अगाडि

एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई  लाभांश घोषणा गरेको छ । 

बुधबार बसेको बैंकको संचालक समिति बैठकले आर्थिक वर्ष ७६ /७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले ५ प्रतिशत  बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.५३ प्रतिशत नगद लाभांश गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया