साताको अन्तिम दिन ४ अंकले ओरालो लाग्यो नेप्से, करिब ३ अर्ब बराबरको कारोबार

५ बर्ष अगाडि

काठमाडौ । आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटेको छ । 

आज ११ बजे १६४०.६४ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ४.४७ अंकले घटेर   १६३६.१७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ०.२७ प्रतिशतले घटेको हो ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह भने बढेका छन ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका २०० कम्पनिको ९१ लाख २३  हजार ८९६ कित्ता शेयर ३५ हजार ३३५ पटक खरिद विक्री हुदाँ २ अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया