इ कमर्समा अनलाइन भुक्तानी बढ्दै, २ महिना पौने २ अर्ब भुक्तानी

५ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय फष्टाउदैं गएको इ कमर्स व्यवसायमा अनलाइन मार्फत पनि भुक्तानी हुन थालेको छ । बिशेषगरि कार्डको प्रयोग गरेर आम ग्राहकहरूले अनलाइन सपिङमा भुक्तानी गर्दै आएका छन् । 
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक बर्षको पहिलो दुई महिनामा १ अर्ब ७६करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ । कार्डको प्रयोग गरेर दुई महिनामा यतिका भुक्तानी भएको हो । राष्ट्र बैंकका अनुसार सानमा १ अर्ब २० करोड १० लाख रुपैयाँ र भदौमा ५६ करोड १० लाख रुपैयाँ अनलाइन मार्फत भुक्तानी भएको छ । भदौमा निषेधज्ञाका कारण केही समय इकमर्स व्यवसाय बन्द भएपछि सो अवधीमा यस मार्फत हुने भुक्तानी पनि घटेको हो । 
इ कमर्समा यो दुई महिनामा २ लाख ५५ हजार ६३४ ओटा भुक्तानी अनलाइनबाट भएको छ । त्यसमा साउनमा १ लाख ६८ हजार ६२७ र भदौमा ८७ हजार ७ पटक यस्तो कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया