काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु. १ करोड २९ लाख ७६ लाख खुद नाफा कमाएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको समिक्षा अवधीमा उक्त कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्ममा कम्पनीले रु. ९७ करोड ४६ लाख ९७ हजार खुद निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने २ अर्ब ९३ करोड ५६ लाख प्रवाह भएको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १० करोड ७४ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने ५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
हाल लघुवित्तको चुक्तापुँजी रु. २६ करोड ३४ लाख ४८ हजार रहेको छ । लघुवित्तले आफ्नो जगेडामा भने रु. ८ करोड २७ लाख ९७ हजार जम्मा गरेको छ ।
वित्तिय विवरणअनुुसार लघुवित्तको प्रति शेयर आम्दानी १९.७० रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ३७.४५, प्रतिशेयर नेटवर्थ १३१.४२, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ११६५.६१, तरलता अनुपात ७.१२ रहेको छ । यो लघुवित्तले सीवाईसी लघुवित्त र सालीग्राम लघुवित्तलाई मर्ज गर्दै छ ।
प्रतिक्रिया