पहिलो त्रैमासमै अर्ब क्लवमा प्राइम बैंक प्रवेश,  कति छ वितरणयोग्य नाफा ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नै प्राइम कर्मसियल बैंक अर्ब क्लवमा प्रवेश गरेकोछ । चालु आवको पहिलो त्रैमासमा रु. १ अर्ब १ करोड ७६ लाख खुद नाफा कमाएर उक्त बैंक अर्ब क्लबमा प्रबेश गरेको हो ।
बैंकले बिहीबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । बैंकको यो नाफा गत आवको भन्दा बढी हो । गत आवको समिक्षा अवधीमा बैंकले रु. ६५ करोड ९७ लाख ६७ हजार खुद नाफा कमाएको थियो । तर, समिक्षा अवधीमा बैंकको वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ मात्र रहेको छ । 
समिक्षा अवधीसम्म बैंकले ग्राहकबाट रु. १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने ग्राहकलाई १ खर्ब १३ अर्ब ४४ करोड प्रवाह भएको देखिन्छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई ४ अर्ब ५१ करोड ९ लाख रुपैयाँ कर्जा दिएको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु. ३ अर्ब ५४ करोड ३ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. १ अर्ब ५५ करोड ८ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी १३ अर्ब ९८ करोड रहेको छ । बैंककले आफ्नो जगेडामा रु. ५ अर्ब ४६ करोड ६५ लाख भन्दा बढी रकम जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी रु. २९.११ रहेको छ । यसैगरि मुल्य आम्दानी अनुपात ९.८६, प्रतिशेयर नेटवर्थ १५४.२६, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १११३.२९ र तरलता अनुपात २३.९५ प्रतिशत रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया