कात्तिक २७ गतेदेखि आइपीओ जारी गर्दै युनाईटेड इदी–मार्दी

५ बर्ष अगाडि

युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ।

कम्पनीले यही कात्तिक २७ गतेबाट  ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। 

यस अघि कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। 

कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको उक्त आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया