नेपालमा पीसीआर जाँचको नाममा भएको ठगी धन्दाले सरकारी स्वामित्वको नेपाल एयरलाईन्सले आर्थिक तथा प्रतिष्ठामा ठूलो क्षती व्यहोर्नु परेको छ ।
ल्याबहरुले गलत पीसीआर रिपोर्ट दिने गरेको कारण नेपालबाट नेगेटिभ रिपोर्ट देखाएर जहाज चढेका यात्रु विदेश पुग्नेवित्तिकै जाँच गराउँदा पोजेटिभ देखिएपछि नेपाल एयरलाईन्सलाई क्षती भएको हो ।
नेपाल एयरलाइन्सले यात्रुलाई विदेश लैजाँदा पछिल्लो ७२ घण्टायताको पीसीआर रिर्पोट नेगेटिभ आएका यात्रुलाई मात्र यात्रा अनुमति दिन्छ ।
तर पछिल्ला केही दिनयता नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर हङकङ, दुबई, नारिता (जापान) लगायतका गन्तब्यमा पुगेका यात्रुमा पुन परिक्षण गर्दा पोजेटिभ देखिएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।
जसका कारण कोभिड संक्रमित ल्याएको भन्दै नेपाल एयरलाइन्सलाई हङकङले अहिले दोस्रोपटक प्रतिवन्ध लगाएको छ । दुबई र नारिता विमानस्थलबाट समेत चेतावनीसहित प्रोटोकलको सूची आएको छ ।
सो प्राटोकल पालना नगरी यात्रु सम्बन्धित मुलुक पुगेमा त्यसको दोषी एयरलाइन्स ठहरिने गरेको छ । यसरी नेपालमा नेगेटिभ रिपोर्ट देखिएपनि विदेशमा पोजेटिभ देखिने धेरैसजो विध ल्यावबाट जाँच गराएका यात्रु छन् । बिध ल्याबले विश्व स्वास्थ्य संगठनले प्रतिवन्ध लगाएका, गुणस्तरहिन, कामै नलाग्ने उपकरणबाट जाँच गर्ने गरेको यसअघि नै सार्वजनिक भइसकेको छ ।
याे पनि पढ्नुहाेस् ः उर्जामन्त्रीको सचिवालयका सुब्बालाई २३ करोडको ठेक्का, माथीको आदेशमा मापदण्ड विपरीत पीसीआर ल्याव
तर स्वास्थ्य मन्त्रालयले ल्याबलाई कमिसनको सर्तमा अनुमति दिने र पछि पनि गुणस्तर जाँच नगरेका कारण नेपाल एयरलाइन्सले ठूलो क्षती व्यहोर्नुपर्ने देखिएको छ ।
पीसीआर जाँच गर्ने ल्याबको कमजोरीको सजाय नेपाल एयरलाइन्सले भोग्नुपर्ने र प्रतिवन्ध हुँदा आर्थिक र प्रतिष्ठानमा समेत आँच आउन लागेको भन्दै नेपाल एयरलाइन्सले चिन्ता समेत व्यक्त गरेको छ ।
तर विदेश पुगेर जहाजबाट ओर्लने वित्तिकै पीसीआर जाँच गर्दा भने ती यात्रुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि कम्पनीलाई आर्थिक र प्रतिष्ठानमा समेत ठूलो आँच आएको छ ।
कम्पनीले नेपालका सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालालाई सचेत हुन आग्रह गर्दै यसले मुलुककै स्वास्थ्य परीक्षणमा प्रश्न उठ्ने चेतावनी समेत दिएको छ । साथै यात्रुले समेत पीसीआर दिएपछि अनिवार्य आइसोलेसनमा बसेर स्वास्थ्य मापदण्डको पालना गर्न नेपाल एयरलाइन्सले आग्रह गरेको छ ।
नेपाल एयरलाइन्सले अब नेपालको त्रिभुवन विमानस्थलबाट जहाज चढ्दा पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाएर उडेका यात्रुमा गन्तब्यमा पुगेपछि पोजेटिभ देखिए त्यसको जिम्मेवारी नलिने स्पष्ट पारेको छ । त्यसरी रिपोर्ट पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयमले लिनुपर्ने भएको छ ।
कम्पनीले आफ्नो तर्फबाट भने कोरोना भाइरसविरुद्ध सरोकारवाला निकायले तयार पारेका प्रोटोकलको कार्यान्वयनका लागि कुनै कसुर बाँकी नराखेको समेत कम्पनीले उल्लेख गरेको छ ।
याे पनि पढ्नुहाेस् ः सरकारले घाेषणा गर्नुअघि किन प्रचार भयाे निजी ल्याबले पीसीआर परीक्षणको शुल्क घटाएको समाचार ?
याे पनि पढ्नुहाेस् ः पीसीआरमा ठगी धन्दा स् २४ घण्टा सम्म रिपोर्ट नदिने ल्याब चलाउने, पैसा तिरेर नेपालकै बेस्टु भन्दै समाचार लेखाउने
याे पनि पढ्नुहाेस् ः विध ल्यावले पीसीआर रिपोर्ट नदिँदा बिरामीको अप्रेसन नै छुट्यो
याे पनि पढ्नुहाेस् ः नक्कली मेसिनबाट कोरोना परिक्षण गर्दै विध ल्याव, ओम्नी समूहसँग मिलेर उर्जामन्त्री पुनका सचिवालयको लगानी
प्रतिक्रिया