पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि , थप ३० जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन् भने  थप ३० जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ र मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा  जनाको १३ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११  रहेको छ भने १ हजार ३ सय ५ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया