काठमाडौ । आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक झिनो अंकले घटेको छ ।
आज ११ बजे १६४३.०३ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ २.३९ अकले घटेर १६४०.६४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ०.१५ प्रतिशतले घटेको हो ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ५ उपसमुह भने बढेका छन ।
त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका २०१ कम्पनिको ५६ लाख ३१ हजार ४९४ कित्ता शेयर २४ हजार ७० पटक खरिद विक्री हुदाँ १ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया