काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा प्रशोधित सोयाविन तेलको निर्यात ४१४ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको असोजसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
केन्द्रका अनुसार समिक्षा अवधीमा रु. ७ अर्ब ६० करोड ७३ लाख बराबरको प्रशोधित सोयाविन तेल भारत तर्फ निर्यात भएको छ । गत आवको सोही अवधीमा भने १ अर्ब ४७ करोड बराबरको सोयाविन तेल निर्यात भएको थियो ।
बिशेषगरि नेपालमा यसको उत्पादन बढ्ना नै यसको निर्यात पनि बढेको हो । भारतले प्रशोधित पाम आयलमा प्रतिवन्ध लगाएपछि नेपाली आयाल व्यवसायीले सोयाविन तेलको उत्पादन बढाएका छन् । उत्पादन बढेपछि भारत तर्फ यसको निकासी बढेको हो । साथै, नेपालमा पनि यसको खपत बढेको बताइएको छ ।
नेपाली व्यवसायीहरुले बाहिरी मुलुकबाट कच्चा सोयाविन तेल आयात गरि प्रसोधन गरेर नेपाली बजारमा र भारतमा बिक्री गर्नै आएका छन् । भारतमा पनि यसको ठुलो माग रहेको बताइएको छ ।
प्रतिक्रिया