तिनाउ मिसन डेभलपमेण्ट बैंकले बोलायो बिशेष साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं – तिनाउ मिसन डेभलपमेण्ट बैंकले आगामी मंसिर ७ गते बिशेष साधारण सभा बोलाएको छ । कम्पनीले बुटवल स्थित केन्द्रीय कार्यालयमा नै सभा हुने गरि बिशेष साधारण सभा हने बताएको हो । कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
भिडियो कन्फ्रेरेन्सबाट बिशेष साधारण सभा गर्ने बताइएको छ । सो दिन दिउँसो १ बजेबाट साधारण सभा बस्ने बताइएको छ । 
बिशेषगरि प्रवन्धपत्रमा प्रस्ताव गरे बमोजिम संसोधन गर्ने प्रस्ताव बिशेष साधारण सभामा लैजाने बताइएको छ । साथै, ससोधन भएको प्रवन्धपत्र कम्पनी रजिष्टारको कार्यालय, राष्ट्र बैंक लगायतका निकायमा स्वीकृति गराउनका लागि प्रवन्धपत्र सच्चाउन सञ्चालक समितिलाई अख्त्यिारी दिने प्रस्ताव पनि लगिने छ । 
बिशेष साधारण सभा प्रयोजनका लागि कात्तिक २६ गते शेयरधनी किताव बन्द गरिने छ । त्यो अनुसार कात्तिक २५ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा सहभागी हुन पाउन छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया