काठमाडौं – केही समय अघि सञ्चालनमा आएको आत्मनिर्भर लघुवित्तले चालु अािर्थक बर्षको पहिलो त्रैमासमा रु. २ करोड ४७ लाख ७० हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले समिक्षा अवधीसम्ममा रु. ६९ करोड ४६ लाख ८९ हजार निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह भने रु. ९२ करोड ४६ लाख पुगेको वित्तिय विवरणमा उल्लेख छ । प्रवाहित कर्जाबाट पहिलो त्रैमासमा कम्पनीले रु. ४ करोड १९ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. २ करोड ३५ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीको आफ्नो जगेडा कोषमा भने रु. ६ करोड १४ लाख भन्दा बढी रकम जम्मा गरेको छ ।
प्रतिक्रिया