काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा स्वदेशी लघुवित्त वित्तिय संस्थाले रु. ३ करोड ३३ लाख ९७ हजार खुद नाफा कमाएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको समिक्षा अवधीमा कम्पनीले रु. १ करोड ९१ लाख ८० हजार खुद नाफा कमाएको थियो ।
कम्पनीले समिक्षा अवधीसम्ममा रु. १ अर्ब १८ करोड ७३ लाख डिपोजिट संकलन गरेको छ । कम्पनीको कर्जा प्रवाह भने रु. ४ अर्ब १३ करोड १३ लाख भन्दा बढी रहेको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १५ करोड ६७ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ९ करोड ९४ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. २७ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १३ करोड भन्दा बढी रकम जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर ४८.४० रुपैयाँ रहेको छ । यस्तै, प्रति शेयर कुल सम्पत्तिको मुल्य १७२०.५७, मुल्य आम्दानी अनुपात १६.५३ तरलता अनुपात १२.२३, प्रतिशेयर नेटवर्थ १४९.५७ रहेको छ ।
प्रतिक्रिया