काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आरएमडिसी लघुवित्त वित्तिय संस्थाको नाफा घटेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आवको प्रथम त्रैमासमा कम्पनीले रु. ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा भने रु. ६ करोड ६ लाख रुपैयाँ नाफा कमाएको वित्तिय विवरणमा उल्लेख छ ।
समिक्षा अवधीमा कम्पनीले रु. ८ अर्ब २७ करोड ५ लाख भन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा २० करोड ७२ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने १० करोड १८ लाख रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ३ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १ अर्ब ५८ करोड भन्दा बढी रकम जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर २३.४३ रुपैयाँ रहेको छ । यस्तै, प्रति शेयर कुल सम्पत्तिको मुल्य ९५६.६५, मुल्य आम्दानी अनुपात ३६.५३, तरलता अनुपात १३.६५, प्रतिशेयर नेटवर्थ २५३ र पुँजीकोष अनुपात २६.२४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया