काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबार रु. २० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै छ । राष्ट्र बैंकले पुर्व निर्धारित सुचनाअनुसार नै ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् । उनीहरुले दिएको आवेदनको आधारमा आज २ बजे यस ऋणपत्रमा बोलकबोल हुने बताइएको छ ।
उक्त ऋणपत्र धितो राखी कर्जा लिन, दिनसमेत पाइनेछ ।ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा कर लाग्नेछ । बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।
घटीमा रु ५० हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु. ५० हजारले भाग गर्दा विशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ । यसमा अर्धबार्षिक रुपमा व्याज भुक्तानी गरिने छ । सावा भने २०८७ कात्तिक २० गते भुुक्तानी गरिने राष्ट्र बैंकको भनाइ छ ।
यसमा खरिदकर्ताहरु प्रतिस्पर्धी र र अप्रतिस्पर्धी बोलवालाको रुपमा सहभागी हुन सक्नले छन् ।
उनीहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. रु. १७ अर्व र रु. ३ अर्व छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।
साथै, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बताइएको छ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो
ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराईने राष्ट्र बैंकको भनाइ छ ।
प्रतिक्रिया