आजबाट नेप्सेमा कारोबार हुँदै सानिमा जनरलको आईपिओ, कतिमा हुदैँछ पहिलो कारोबार ?

५ बर्ष अगाडि

हिजो नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा जनरल इन्स्योरेन्सको आईपिओ सुचिकृत भएसँगै आजबाट कारोबार खुल्ने भएको छ ।

हिजोमात्र कम्पनीको १ करोड कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो  ।

आज हुने पहिलो कारोबारका लागि नेप्सेले १०३.७३ देखि ३११.१९ सम्मको सुरुवाती रेन्ज तोकेको छ  । 

कम्पनीले असोज २१ गतेदेखि प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुगेको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया