बीमा कम्पनीहरुले अबको सात दिन भित्रै कोरोना बीमाको दावी भुक्तानी गरिसक्न बीमा समितिले निर्देशन दिएको छ।
हिजो अर्थ मन्त्रालयमा भएको छलफलपछि मन्त्रालयकै निर्देशनमा समितिले यस्तो निर्देशन दिएको हो।
अब बीमा समितिले दावी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने छ ।
त्यस्तै, कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने भएको छ ।
प्रतिक्रिया