मंगलबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण , ३ हजार १ सय ४२ जना संक्रमित डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा  जनाको ११ हजार १ सय ६६ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६  रहेको छ भने १ हजार २ सय ७७ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया