काठमाडौं – हालै आईपीओ बाँडफाँड गरेको सानिमा जनरल इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दर्ता भएको छ । आज उक्त कम्पनीको १ करोड कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको शेयर सुचिकृत भएको हो ।
योसँगै भोलिदेखि सानिमाको नियमित कारोबार हुने भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ ।
यस्तै, नेप्सेले कम्पनीको कारोबार संकेत एसजिआइ दिएको छ ।
यस कम्पनीले गत असोजमा ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो ।
प्रतिक्रिया