काठमाडौ । आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.४० अंकले बढेको छ ।
आज ११ बजे १६३७.६३ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ५.४० अंकले बढेर १६४३.०३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ०.३३ प्रतिशतले बढेको हो ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये २ उपसमुह भने ओरालो लागेका छन ।
त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९८ कम्पनिको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर २९ हजार ६०६ पटक खरिद विक्री हुदाँ २ अर्ब २३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया