काठमाडौं – मंगलबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा रु. ४०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो सुनको मुल्य रु. ९५ हजार थियो, आज त्यो बढेर ९५ हजार ४०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य ९४ हजार ९०० पुगेको छ ।
आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला रु. १२०५ रहेको थियो, आज त्यो बढेर १२१० पुगेको महासंघको भनाइ छ ।
प्रतिक्रिया