काठमाडौं – केही समयअघि आईपीओ निष्काशन गरेको समाज लघुवित्तले चालु अािर्थक बर्षको पहिलो त्रैमासमा रू. ३९ लाख ८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा लघुवित्तले रु. ३ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । गत आवमा भने रु. ४ लाख ३८ हजार नाफा कमाएको वित्तिय विवरणमा उल्लेख छ ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ४ करोड ३६ लाख ९५ हजार निक्षेप उठाएको छ । यस्तै, कम्पनीले रु. २१ करोड ३४ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट कम्पनीले ३ महिनामा रु. ६३ लाख ४५ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रू. २९ लाख २६ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. २ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १० लाख २० हजार रकम जम्मा गरेको छ । यस्तै, कम्पनीको प्रति शेयर आम्दानी रु. १९.५४, प्रतिशेयर नेटवर्थ १०५.१० र तरलनता अनुपात १०.०५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया