विगत २४ घण्टामा २ हजार ९३३ जनामा सङ्क्रमण ,२४ जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा विगत २४ घण्टामा २,९३३ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड(१९ का कारण २४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कूल सङ्ख्या ९८४ पुगेको बताइएको छ।

हालसम्म नेपालमा एक लाख ७६ हजार पाँच सयमा सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ३७ हजार नौ सय ९२ जना सङ्क्रमणमुक्त भएका छन्।

विगत २४ घण्टामा ३,१५० जना सङ्क्रमणमुक्त भएका छन्।

सोमवार सक्रिय सङ्क्रमितको सङ्ख्या ३७,५२४ छ।

५ बर्ष अगाडि

प्रतिक्रिया