काठमाडौ । आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ ।
आज ११ बजे १६४०.९६ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ३.३३ हंकले घटेर १६३७.६३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ०.२० प्रतिशतले घटेको हो ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह भने ओरालो लागेका छन ।
त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९७ कम्पनिको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर ३४ हजार ४५३ पटक खरिद विक्री हुदाँ २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया