नेप्सेमा सानिमा बैंकको मूल्य समायोजन

५ बर्ष अगाडि

आज नेपाल नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंक लिमिटेडको मूल्य समायोजन गरेको छ। 

यस अघि बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको थियो ।

त्योसँगै आज नेप्सेले  अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम कारोबार मूल्य ३५२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।

बैंकले गत आवको मुनाफाबाट  शेयरधनीहरुलाई १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर र लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

उक्त प्रस्ताव पारित गर्न बैंकले कात्तिक २८ गते, आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको को छ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ भने बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया