बालाजुमा ५ किलो सुनसहित एक युवक पक्राउ

७ बर्ष अगाडि

काठमाडौं– काठमाडौंको बालाजुमा ५ किलो सुनसहित एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बालाजुबाट ५ किलो सुनसहित रसुवा जिल्लाको गोसाईकुण्ड थमानका १८ वर्षीय सोमबहादुर तामाङ पक्राउ परेको जानकारी गराएको हो । 

तस्करीको ५ किलो सुन बोकेर आएका तामाङलाई परिसरको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट पक्राउ गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । कक्षा १२ मा अध्ययनरत तामाङले यसअघि सो घटनामा सामेल भए, नभएको पनि अनुसन्धान भइरहेको बरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए ।

तामाङसँगै सुराकी आएको र उनी पक्राउ पर्न साथ सबै सम्पर्क टुटेको प्रहरीको दाबी छ । तामाङलाई कानुनी कार्वाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइने पनि परिसरका प्रमुख लामाले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया