काठमाडौं – दशैं विदापछि बुधबार खुलेको नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसुचक ४१.२० अंकले बढेको छ । आज नेप्से परिसुचक २.५७ प्रतिशतले बढेर १६४७.४५ विन्दुमा पुगेको छ ।
यस्तै, नेप्से सेन्सीटीभ पनि २.८९ प्रतिशतले बढेर ३२७.७६ विन्दुमा पुगेको छ । आज नेप्से सेन्सीटीभ ९.२१ अंकले बढेको छ ।
कारोबार तर्फ आज २ अर्ब ७२ करोड ५९ लाख ९४ हजारको शेयर कारोबार भएको छ । आज १८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता शेयरको ४२ हजार ६१८ पटक कारोबार भएको छ ।
बुधबारको बजार पुँजीकरण भने २२ खर्ब १ अर्ब ६ करोड पुगेको छ । यस्तै, फलोटेड मार्केट क्यापिटलाइजेशन भने ७ खर्ब ८१ अर्ब कायम भएको छ ।
प्रतिक्रिया