एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

७ बर्ष अगाडि

काठमाडौं –समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ ।
सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँला ? सोचनीय विषय बन्दै गएको छ ।
कतिपय साँच्चै अन्याय सहन नसकेर सम्बन्ध विच्छेदसम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको नाममा सामान्य विषयमा पनि श्रीमान–श्रीमतीबीच समन्वय, सहकार्य समझदारी र आपसी विश्वास गर्न नसकेर विकृतिकै रूपमा सम्बन्ध विच्छेद अपनाइरहेका छन् ।

काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकै दिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए । ३० साउनमा २१ वटा, २९ मा १९ वटा सम्बन्ध विच्छेदका पेसी चढेको पाइएको छ । साउन महिनामा साढे २ सय मुद्दाको पेसी चढेको छ ।राजधानी दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया