लाभांश प्रस्ताव पारित गर्ने विषेश प्रस्तावका साथ गुराँस लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ ।
उक्त सभाले हाल कायम चुक्ता पूँजीको १०।५० प्रतिशत अर्थात शतप्रतिशत हकप्रद निष्काशन पश्चात नेप्सेमा सूचीकरण भई वृद्धि भएको चुक्ता पूँजीको ५।२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
इन्स्योरेन्सले उक्त सभा मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौँमा बोलाएको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
प्रतिक्रिया