दोहोरो अंकले बढ्यो नेप्से , ९५ करोडभन्दा बढी कारोबार

५ बर्ष अगाडि

काठमाडौ । आज (सोमबार ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ ।

आज ११ बजे १५५६.८० को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ १३.५८ अंकले बढेर १५७०.३८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ०.८७ प्रतिशतले बढेको हो ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये एउटा उपसमुह भने ओरालो लागेको छ ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १८९ कम्पनिको ३२ लाख ६७ हजार ८६७ कित्ता शेयर १५ हजार २९४ पटक खरिद विक्री हुदाँ ९५ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया