नेपाल लघुवित्त बैंकर्स संघले साधारणसभा आह्वान गरेको छ।
लघुवित्त कम्पनीहरुको छाता संगठन रहेको संघले यही कार्तिक ३ गते जुमको माध्यमबाट अनलाइन मार्फत सभा गर्न लागेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि रहने उक्त सभामाआ।व। २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, आ.व. २०७६/७७ को वार्षिक लेखा परिक्षण प्रतिवेदन पारित गर्ने, वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन माथि छलफल तथा पारित गर्ने, आ।व। २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने, वार्षिक कार्यक्रम तथा बजेट माथि छलफल तथा पारित गर्ने, आ.व. २०७७/७८ को लागि लेखा परिक्षक नियुक्त गर्ने, कार्य समितिले रिक्त पदहरुमा गरेको मनोनयनको अनुमोदन गर्ने, र विधान संशोधन तथा कर्मचारी नियमावली पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
प्रतिक्रिया