५ अंकले घट्यो नेप्से , झन्डै साढे १ अर्बको कारोबार

५ बर्ष अगाडि

काठमाडौ । आज साताको पहिलो दिन (आइतबार)  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.६६ अंकले घटेको छ । 

आज ११ बजे १५६२.४६ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ०.३६ प्रतिशतले घटेर १५५६.८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये दुई उपसमुह भने हरियोमा नै कायम रहेको छ ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १८७ कम्पनिको ४३ लाख ५२ हजार १० कित्ता शेयर १६ हजार ८४६ पटक खरिद विक्री हुदाँ १ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया