काठमाडौं । प्रधानमन्त्री केपी शमाृ ओलीले आनै संयन्त्रलाई व्श्विास गर्न छाड्र संरचना माथि संरचना थप्न लागि परेका छन् ।
आफू मातहतका निकायले के कस्तो काम गरेका छन्, उनीहरुलाई के कसरी परिचालन गर्ने भन्ने कुराको समेत भेऊ नपाएका उनले एक पछि अकोृ गर्दै संरचना खडा गरेका छन् ।
जुन विधिशास्त्रको हिसाबले समेत मिल्दो विषय होइन । उनले अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई कर्नरमा पार्न नयाँ संरचना खडा गरेका छन् ।
उद्योगी व्यवसायीको समस्या समाधान गर्न अर्थ मन्त्री डा युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले कुनै पहल नगरेको गुनासो पछि प्रधानमन्त्री आफैले डिल गर्ने गरी फोरम बनाएको चर्चा सुरु भएको छ ।
मन्त्रिपरिषद्को यही असोज ५ गतेको निर्णयअनुसार उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन भएको छ ।
सरकार र निजी तथा व्यवसायिक क्षेत्रका बीच अन्तरक्रिया, समन्वय र समझदारी प्रवद्र्धन गर्दै लगानीका अवसरको पहिचान गर्ने, लगानी प्रवद्र्धन गर्ने, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना तथा आय वृद्धि गर्ने तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियान पूर्णता दिने गरी उक्त परिषद् गठन गरिएको हो ।
उद्योगी व्यवसायीले अर्थ मन्त्री र उद्योग मन्त्रीले सोच जस्तो काम गर्न नसकेको र आफूहरुसँग समन्वय नगरेको भन्दै केही समय पहिले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए ।
सोही गुनासोलाई सम्बोधन गर्न परिषद् गठन गरिएको हो ।
परिषद्मा उद्योग मन्त्री यादव, अर्थमन्त्री डा खतिवडा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई समेत सदस्य बनाइएको छ ।
सो परिषद्को अध्यक्षमा प्रधानमन्त्री आफै बसेका छन् । यसले पनि के देखाउँछ भने उद्योगी तथा व्यवसायीसँग प्रधानमन्त्री आफै डिल गर्न लागेका छन् भन्ने सहजै बुझ्न सकिन्छ ।
उक्त परिषद्मा उद्योगीहरु सुरज वैद्य, जगदिश अग्रवाल, सीपी शर्मा सदस्य रहेका छन् । यस्तै मेघा बैंककी प्रमुख कार्यकरा िअधिकृत अनुपमा खुजेली, सार्क महिला आर्थिक मञ्चकी प्रमुख प्रमिला रिजाल आचार्य, ,द्वारिका होटलकी प्रमुख अम्बिका श्रेष्ठ, उद्योगपति पद्म ज्योति, एनआएनका पूर्व अध्यक्ष उपेन्द्र महत्तो, व्यवसायी वसन्त चौधरी, पर्यटन व्यवसायी तथा हवाई उद्यमी आङछिरिङ शेर्पा, कान्तिपुर मिडिया समूहका प्रमुख कैलाश सिरोहिया, , सूचना प्रविधि क्षेत्रका विश्वास ढकाल, सिनेमा उद्योगका नकिम उद्दिम, उद्योगी लोकमान्य गोल्छा र चिरञ्जिवीलाल अग्रवाल सदस्य रहेका छन् ।
यस्तै परिषद्मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, गैरआवासिय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष लता प्याकुरेल, उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघका अध्यक्ष, महिला चेम्बर अफ कमर्सका अध्यक्ष परिषद्का सदस्य रहेका छन् ।
प्रतिक्रिया