पुतलीसडकमा मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु

७ बर्ष अगाडि

काठमाडौंको पुतलीसडकमा आज बिहान मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ५५ बर्षीय पुरुषको मृत्यु भएको हो । मृत्तकको सनाखत हुन बाँकी रहेको छ ।

आज बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो । 

दुर्घटनामा संलग्न चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया