काठमाडौं – नेपाल फाईनान्सको शेयर कारोबार आज पनि सकरात्मक सर्किटको लेभलमा भइरहेको छ । कम्पनीले हिजो बुधबार हकप्रद निष्काशन गर्नका लागि बुक क्लोज गर्ने मिति तय गरेपछि हिजोदेखि नै उक्र कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा भइरहेको छ ।
कम्पनीले १२५ प्रतिशत हकप्रद निकाष्शनका लागि कात्तिक ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यो अनुसार ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
त्यसपछि उक्त कम्पनीको हकप्रद सुरक्षित गर्ने दाउमा आज पनि लगानीकर्ताहरु उक्त कम्पनीतर्फ आर्कषित भएका छन् । यो समचार तयार पार्दासम्म उक्त कम्पनीको शेयर मुल्य ९.८७ प्रतिशतले बढेको छ ।
हिजो उक्त कम्पनीको शेयर मुल्य ३०४ रुपैयाँ थियो । आज त्यो ३० अंकले बढेर ३३४ मा पुगेको छ । हाल उक्त कम्पनीको शेयर कारोबार सकरात्मक सर्किटको लेभलमा भइरहेको छ ।
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगातीकर्ताको चाप छ । तर, बिक्री कर्ता अझै कोही आएका छैनन् ।
कम्पनीले १ः१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ ।
प्रतिक्रिया