काठमाडौं – कञ्चनपुरको दोधारा–चाँदनी स्थित महाकाली नगरपालिका–७ कन्जभोगमा बनाउने भनिएको सुक्खा बन्दरगाहको बिषयमा पुनः अध्ययन समिति गठन गरिएको छ । सरकारले घोषणा गरेको ४ वर्ष बितिसक्दा समेत कार्यान्वयन नभएपछि पुनः अध्ययन समिति गठन गरिएको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल नेतृत्वको अहिले पुनः अध्ययन समिति गठन गरिएको हो । सरकारले ४ बर्ष अघि पनि मन्त्रालयकै नेतृत्वमा सम्भाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययनले त्यहाँ सुक्खा बन्दरगाह बनाउन सकिने देखाएको थियो ।
तर, त्यो कार्यन्वयन नभएपछि पुनः अध्ययन समिति गठन गरिएको हो । अध्ययन समितिमा प्रमुख जिल्ला अधिकारी, प्रमुख भन्सार अधिकृत, भूमि सुधार तथा मालपोत अधिकृत, नापी अधिकृत, सिनियर डिभिजन इन्जिनीयर सडक डिभिजन महेन्द्रनगर, सिनियर डिभिजन इन्जिनीयर शहरी विकास तथा भवन कार्यालय तथा डिभिजन वन अधिकृत कञ्चनपुर सदस्य रहेका छन् । त्यस्तै, मन्त्रालयका उपसचिव अनिता पौडेललाई सदस्य सचिवका रूपमा चयन गरीएको छ ।
त्यहाँ बन्दरगहा निर्माण गर्ने बिषयमा गत असोज ६ गते नेपाल र भारतका अधिकारीहरु बीच छलफल पनि भएको छ ।
प्रतिक्रिया