विकास नाममा विनाश !

७ बर्ष अगाडि

काठमाडौं। माथिको तस्बिर ललितपुर महानगरपालिका–२३ धापाखेलको हो । यहाँ तीन वर्ष अघिसम्म हरभरा थियो । यहाँ चराचुरुंगीको आवाजमा स्थानीय मन्त्रमुग्ध हुन्थे । यो तीन वर्षको अवधिमा चराचुरुंगीले आफ्नो गुँड जोगाउनसमेत नपाउने अवस्था आएको छ ।
धापाखेलमा दैनिक डोजर लगाएर माटोको ढिस्को कटान भइरहेको छ । तीन वर्षदेखि निरन्तर इँटा उत्पादनका लागि माटो खन्ने काम भइरहँदा स्थानीयसमेत विनाश हेरेर बस्न बाध्य छन् । कुनै पनि जग्गाको माटो र भौगोलिक अवस्था बिगार्न नपाइने व्यवस्था रहेको छ ।

यो व्यवस्थाविपरीत हरेक वर्ष माटो उत्खननले विनाशसँगै वातावरणमा समेत खलल पुगेको स्थानीय कृष्ण पोखरेल बताउँछन् । उनका अनुसार तीन वर्षदेखि उक्त जग्गाबाट माटो उत्खनन भइरहँदा महानगरपालिकाले कुनै चासो देखाएको छैन । ‘हामीले माटो उत्खनन गर्दा व्यक्तिका घरजग्गासमेत जोखिममा परेकाले रोक्न वडा कार्यालयमा पटक पटक आग्रह गरियो,’ उनले भने, ‘तर, वडा कार्यालयले कुनै चासो नदेखाउँदा भौगोलिक अवस्था नै परिवर्तन भएको छ ।’ राजधानी दैनिकमा खबर छापिएकाे छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया