स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको माउन्टेन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले यस अघि भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ९असोज २९ गते० सम्म क सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्रीमा ल्याएको हो।
उक्त कम्पनीको आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।
यो कम्पनीको पहिलो चरणको शेयर निष्काशन हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ।
प्रतिक्रिया