भोली बाँडफाँट हुँदै सानिमा जनरलको आईपीओ, आज प्रि– अलोटमेण्ट

५ बर्ष अगाडि

सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ भोली शुक्रवार बाँडफाँट हुने भएको छ । 

उक्त आईपीओ आज  प्रि– अलोटमेण्ट गरेर शुक्रवार बाँडफाँट गर्ने गयारी रहेको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको हो ।

यस अघि कम्पनीले असोज २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि  ३० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । 

उक्त कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ६ दशमलव ९६ गुणा बढी हुन आउँछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया