काठमाडौं – हकप्रद निष्काशन गर्नका लागि बुक क्लोज मिति तय गरेपछि आज (बुधबार) नेपाल फाईनान्सले शेयर मुल्य ह्वात्तै बढेको छ । कम्पनीले १२५ प्रतिशत हकप्रद निकाष्शनका लागि कात्तिक ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यो अनुसार ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
त्यसपछि उक्त कम्पनीको हकप्रद पाउने आशमा आज लगानीकर्ता उक्त नेपाल फाइनान्स तर्फ आर्कषित भएका छन् । यो समचार तयार पार्दासम्म उक्त कम्पनीको शेयर मुल्य ९.७५ प्रतिशतले बढेको छ ।
हिजो उक्त कम्पनीको शेयर मुल्य २७७ रुपैयाँ थियो । आज त्यो बढेर ३०४ मा पुगेको छ । हाल उक्त कम्पनीको शेयर कारोबार सकरात्मक सर्किटको लेभलमा भइरहेको छ ।
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगातीकर्ताको चाप छ । तर, बिक्री कर्ता अझै कोही आएका छैनन् ।
कम्पनीले १ः१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ ।
प्रतिक्रिया