अन्ततः आजदेखि खुल्यो जनरल इन्स्योरेन्सको नियमीत शेयर कारोबार, कतिमा भइरहेको कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं – प्रि–ओपनिङ शेसनमा खरीद र विक्री आदेश म्याचिङ नहुदाँ मंगलबार हुन सकेको जनरल इन्स्योरेन्सको शेयर कारोबार आज भने सुरु भएको छ ।  प्रि–ओपनिङ शेसनमा खरीद र विक्री आदेश म्याचिङ भएपछि आजदेखि उक्त कम्पनीको नियमीत शेयर कारोबार सुरु भएको हो ।  
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर सुचिकृत भएसँगै जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार मंगलबारदेखि नै हुने भनिएको थियो । तर, पहिलो कारोबारका लागि प्रि–ओपनिङ सेसनमा खरीद र विक्री आदेश म्याचिङ नभएपछि कारोबार त्यो हुन सकेको थिएन। सोमबार नेप्सेमा कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको थियो । नेप्सले पहिलो कारोबार लागि ओपनिङ रेन्ज रु. १०१.७६ देखि ३०५.२८ रुपैयाँ तोकेको थियो । 
सोही अनुसार नै आज कम्पनीको शेयर कारोबार ३०५ रुपैयाँमा खुलेको थियो । यो समाचार तयार पार्दासम्म त्यो ६ अंकले बढेर ३११ रुपैयाँमा पुगेको छ । नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप छ तर बिक्री गर्न चाहाने कोही पनि देखिएका छैनन् । 
कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म ३० लाख कित्ता आईपीओ जारी गरेको थियो । त्यो गत असोज २० गते बाँडफाँट भएपछि कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया