सानिमा बैंकले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस शेयर दिइने

५ बर्ष अगाडि

काठमाडौं – सानिमा बैंकले गत आव २०७६/७७ को नाफाबाट चुक्तापुँजीको १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
बैंकले ३.६० नगद र १० प्रतिशत बोनस शेयर गरि कुल १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । अब यो नेपाल राष्ट्र बैंकले स्वीकृति र साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
हाल बैंकको चुक्तापुँजी ८ अर्ब ८० कराड रुपैयाँ रहेको छ । बैंकले सोही चुक्तापुँजीको १३.६० प्रतिशत लाभांश दिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया