मरिच लगायतका ४ बस्तुको पैठारी गर्न विदेशी मुद्रा नदिइने, मंहगो गाडीको आयात गर्दा पनि डलर नपाइने

५ बर्ष अगाडि

काठमाडौं – राष्ट्र बैकले अब नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडाको पैठारी गर्नका लागि विदेशी मुद्राको सटही सुविधा नदिने भएको छ । साथै, ५० हजार डलर भन्दा बढी मुल्यका सवारी साधानको पैठारी गर्न पनि विदेशी मुद्राको सटही सुविधा नदिने राष्ट्र बैंकले बताएको छ । 
राष्ट्र बैंकले मंगलबार एकीकृत पत्रिपत्र २०७६ संसोधन गर्दै सोही व्यवस्थाअनुसार विदेशी मुद्राको कारोबार गर्न निर्देशन दिएको हो ।  हाल उक्त बस्तुको पैठारी गर्न पूर्ण रुपमा बन्देज लगाएको हुनाले यस्तो व्यवस्था गरिएको हो । अर्काे व्यवस्था नभएसम्म यो व्यवस्था लागू हुने बताइएको छ । 
तर, भन्सारर उपशिर्षक ०९०४.११.०० को नधुल्याएको मरिच अन्तरगत औद्योगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने मरिच सम्बन्धीत उद्योगको उत्पादन क्षमता र खपतको प्रवृतिको आधारमा उद्योग बिभागले प्रमाणित गरेको परिमाण बमोजिम सम्बन्धीत उद्योग आफैले आयात गर्ने प्रयोजनको लागि यस्तो सुविधा प्रदान गरिने छ । साथै, विदेशी कुटनीतिक नियोग, कुटनितीक सुविधाप्राप्त अन्तरराष्ट्रिय संघ संस्था तथा सो मा कार्यरत कुटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीले निजी प्रयोगको लागि ल्याउने ५० हजार अमेरिकी डलर भन्दा बढी मुल्यको सवारी साधान पैठानी गर्न भने विदेशी मुद्राको सटही सुविधा दिन सकिने निर्देशनमा उल्लेख छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया