काठमाडौं - नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ को तेस्रो संसोधन गरेको छ । गत असोज ८ गतेकोे मन्त्रिपरिषदले संसोधित कार्यविधि पारित गरेपछि राष्ट्र बैंकले मंगलबारदेखि त्यो लागू गरेको हो ।
राष्ट्र बैंकले तेस्रो पटक उक्त कार्यविधि संसोधन गरेको हो । कार्यविधि संसोधन गर्दै राष्ट्र बैंकले अब १२ कक्षा उतिर्ण गरेका व्यक्तिलाई शिक्षित युवा स्वरोजगार कर्जा दिने व्यवस्था गरेको छ । पहिला यसका लागि स्नातक तह उत्र्तिण गरेको हुनुपर्ने व्यवस्था थियो ।
यस्तै, राष्ट्र बैंकले युवा बर्ग स्वरोजगार भनेर थप नयाँ शिर्षकमा पनि सहुलियत पूर्ण कर्जा दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यसअघि ९ शिर्षकमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको थियो । अहिले थप एक शिर्षकमा कर्जा दिने व्यवस्था गरिएको हो । उनीहरुलाई रु. ५ लाखसम्म कर्जा दिन सकिने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले यसअघि व्यवसायीक कृषि तथा पशुपन्छी कर्जामा रु ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जामा रु. ७ लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जामा रु. १० लाख, महिला उद्यमशिलतामा रु. १५ करोड, दलित समुदाय व्यवसाय विकास कर्जामा रु. १० लाख, उच्च र प्राविधिक तथा व्यवसायीक शिषा कर्जामा रु. ५ लाख, भुकम्प पीडितहरुको निजी निवास निर्माणमा रु. ३ लाख, कपडा उद्योग सञ्चालनमा रु. ५ करोड र प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि रु. २ लाख सम्म कर्जा दिने व्यवस्था गरेको छ । सोहीअनुसार बैंक तथा वित्तिय संस्थाहरुले सहुलियत व्याजमा कर्जा प्रवाह गर्दै आएका छन् । यस कर्जामा राष्ट्र बैंकले ५ प्रतिशत व्याज अनुदान दिदैं आएको छ । महिला उद्यमशिलता कर्जामा भने ६ प्रतिशत व्याज अनुदान दिने व्यवस्था छ ।
यस्तो कर्जा लिन सम्बन्धीत व्यक्तिले शिप विकास उद्यमशिलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् लागयतका निकायबाट कम्तीमा ७ दिनको तालिम लिनुपर्ने हुन्छ ।
प्रतिक्रिया