कार्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र नेपाल फाईनान्सको हकप्रदमा आवेदन दिन  पाउने

५ बर्ष अगाडि

हकप्रद निष्काशन गर्न लागेको नेपाल फाईनान्सले बुक क्लोज मिति तय गरेको छ । 

कम्पनीले  कार्तिक ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, कार्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले १:१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  

यो हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३० करोड पुग्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया