काठमाडौँ उपत्यकामा थपिए २१ सय २९ जना नयाँ संक्रमित

५ बर्ष अगाडि

काठमाडौँ– काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया